काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आउँदो असोज १५ गते १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो ।
विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले असोज १४ गते ऋणपत्रको बोलकबोल हुने जनाएको छ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना गरेको छ ।
२०८० असोज १५ गते बिक्री हुने ऋणपत्र आगामी २०८८ असोज १५ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने प्रत्येक ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ ।