पिकअप भ्यान र  मोटरसाइकलसहित ६ जना तस्कर पक्राउ

रौतहट, ४ असोज । रौतहट स्थित २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र  मोटरसाइकलसहित ६ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट प्रहरीका अनुसार दीपावली तथा छठलाई लक्षित गरेर तस्करहरूले ठुलो परिमाणमा किराना सामान भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइरहेका सूचनाको आधारमा उक्त सामान सहित ६ जनालाई पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय बजार बरगिनिया , घोदासहन लगायत बजारबाट तस्करहरुले भन्सार छलेर माछा, आलु, प्याज, सुजी, चिनी, विभिन्न ब्राण्डका मदिरा, लगायत २५ लाख दुई हजार रुपैयाँको  सामानसहित छुट्टाछुट्टै नाकाबाट प्रहरीले उक्त सवारी साधन तथा तस्करलाई नियन्त्रणमा लिएको हो ।

बरामद सामान, सवारी साधन सहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ, ३ असार । पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा