सशस्त्र प्रहरीद्वारा वाग्मती नदीबाट एकजनाको उद्धार

काठमाडौँ, ४ असोज । सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राति २ बजे वाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।

पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेपछि वारि आउन नसकेर नदी किनारको पहरामा फसेका थिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमान्डमा गएको १५ जनाको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।

मोटरबोट लिएर गएको प्रहरीको उद्धार टोलीले ‘रोप रेस्क्यु’ र अन्य विधिको प्रयोग गर्दै लानमालाई उद्धार गरेको हो ।  उद्धारपछि उनलाई उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार