काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ ।
उपमहासचिव तुलाधरका पिता रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा निधन भएको छ । उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शोक विज्ञप्ति जारी गर्दै रामबहादुरको निधनको खबरले अत्यन्तै मर्माहत तुल्याएको बताएका छन् । खनालले उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।