चोरीका सामानसहित ६ जना पक्राउ

बारा, ३१  भदौ । बारामा चोरीका सामानसहित ६जना  किशोर पक्राउ परेका छन् ।

महागढीमाई नगरपालिका–५, बगडमपुरका १३, १२ र १० वर्षीय र भारतको पूर्वी चम्पारणका १४ वर्षीय गरी ६ किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बगडमपुरका नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको थियो । खोजी तथा अनुसन्धानका क्रममा उनीहरूलाई चोरीका विभिन्न सामान लुकाइराखेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट सिक्री एकथान, सिक्का १४ थान, आँैठी एकथान, बिन्दिया १४ थान, लकेट दुईथान, कानको रिङ चारथान, फुली चारथान, क्यामेरा एकथान, मोबाइल एकथान, पायल १३ थानलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय