६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता, २९ जना प्रतिवादी

काठमाडौँ, ३१ भदौ । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

सबै आरोपितमाथि सुन तस्करी गरेकोमा  ३ अर्ब ५० करोड २ लाख रुपैयाँ,  ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।  अहिले मिसिल रुजु भइरहेको र आजै मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असार । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति

काठमाडौँ, ३ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा