लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ, ३१ भदौ । झापामा प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय लाल मिया र बुद्धशान्ति गाउँपालिका ७ का २८ वर्षीय आशिष राई रहेका छन् ।

उनीहरु दुबैबाट लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थित ताप्लेजुङ फक्तालुङ होटेल अगाडिबाट पक्राउ परेका लाल मियाबाट ११८ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीको भनाई छ ।

मियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  त्यस्तै पक्राउ परेका राईसँगबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्