प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

काठमाडौँ, ३१ भदौ । अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् ।

विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा प्राप्त केही तथ्य र सूचना सामाजिक सञ्जाल, नेताका बोली र सञ्चारमाध्यममा आइरहे । अनुसन्धान नसकिँदै राजनीतिक शक्ति केन्द्रका घरदैलोसम्म पनि यस्ता सूचना पुगे ।अनुसन्धान नसकीकन यसरी सूचना चुहाउँदा केही मानिस सामाजिक रूपमा दोषी करार भए । सार्वजनिक रूपमा उनीहरूको आलोचना भयो, भइरहेको छ । तर, अनुसन्धान प्रतिवेदन भने भिन्न आएका छन् ।

अनुसन्धानका क्रममा चुहाएका सूचनाभन्दा भिन्न रूपमा प्रतिवेदन आएपछि प्रहरीको भूमिकाप्रति पनि आशंका उत्पन्न भएको छ । शरणार्थी र सुन तस्करी दुवै प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएका अनुसन्धान प्रतिवेदनमा भिआइपी आरोपीलाई चोख्याउन खोजेको आरोपसहित टीकाटिप्पणी भइरहेको छ । प्रहरीले भने दुवै प्रकरणमा अनुसन्धान अझैं पूर्ण नभएको जनाउँदै आफ्नो बचाउ गरिरहेको छ । यो सामाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल

काठमाडौँ, ७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले

काठमाडौँ, ७ असोज ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु