अब युवा हस्तक्षेपको आवश्यकता छ : अध्यक्ष ओली

काठमाडौँ, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए ।

आज काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले  विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताउँदै यसपछि देश सुध्रिने बाटोमा जानै पर्ने बताए । 

उनले भने, ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’ 

उनले युवाले राजनीतिक हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताउँदै त्यसपछि मात्रै देश बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ