प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाने

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन् ।

आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क जानेछन् । १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिननेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ । प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन् ।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय