काठमाडौँमा चारजनाको हत्या

काठमाडौँ, ३० भदौ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ ।

प्रहरीका अनुसार गएराति ११ : ५५ बजे गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको छ । 

हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको छ ।

कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज