एमाले गण्डकीले पहिलो अधिवेशनको उद्घाटनमा ५० हजार कार्यकर्ता उतार्ने

पोखरा, ३० भदौ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पहिलो अधिवेशनको उद्घाटन समारोहमा पोखरामा ५०  हजार कार्यकर्ता उतार्ने भएको छ ।

आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको एमाले गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जन परिचालन  उपसमितिको बैठकद्वारा निर्णय गरिएको उप सचिव एवम प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए ।

अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले अमरसिंह चौरमा  गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गरे । पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारिले  अधिबेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभावकारी ढंगले लागि पर्न आग्रह गरे ।

पार्टी स्थायी कमिटी सदस्य  थममाया थापाको अध्यक्षतामा सप्पन्न उप समितिको बैठकले असोज १५ गते हुने उद्घाटन सभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, वडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्नेदेखि घरदैलोसम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसादले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ