लागुऔषधसहित ५ जना पक्राउ

मकवानपुर, २९ भदौ । लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागुऔषधसहित विभिन्न मितिमा हेटौंडाको फरक फरक स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले भदौ २७ गते लागु औषध खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको थियो । बुधबार राति साढे बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–१० भुटनदेवी मोडबाट एक पुरुष र एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–५ पिप्ले घर भई हाल हेटौँडा–११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६ बस्ने वर्ष २१ की रुपा विश्वकर्मा रहेको प्रवक्ता भण्डारीले बताए । 

उक्त स्थानमा पैदल हिँडिरहेको बेला शंकाको आधारमा निजहरुलाई चेकजाँच गर्ने क्रममा कालो रुमालभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १२ ग्राम ७४० मिली ग्राम लागुऔषध खैरो हेरोइन फेला परेको थियो । दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । 

त्यस्तै, प्रहरीले ६ किलो लागूऔषध गाँजासहित ३ जना पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार भदौ २९ गते शुक्रबार विहान साढे ६ बजेको समयमा हेटौँडा–१० बसपार्कबाट सो परिमाणको लागूऔषध गाँजासहित ३ जना पुरुषलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–९ टाँगा बस्ने वर्ष ३२ का मनोज यादव, सोही स्थान बस्ने वर्ष ३० का अमिरलाल प्रसाद यादव र वर्ष ४५ को जंगबहादुर पासवान रहेका छन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद गरिएको थियो । तीनै जनाको कम्मरको भागमा बेल्ट जस्तो बनाई प्लाष्टिकभित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा २/२ किलोको दरले लागूऔषध गाँजा फेला परेको प्रवक्ता भण्डारीले बताए । यसबारे थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ