काठमाडौँ, २९ भदौ । नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले सातै प्रदेशमा विचार गोष्ठी गर्ने निर्णय गरेको हो । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ ।