प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला नेपाल र चीनबीच १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार बिहीबारसम्म उक्त संख्यामा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने टुङ्गो लागेको हो । “अहिलेसम्म १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीज्यूलाई गराएको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले  भन्यो, “दुई देशका अधिकारीहरूबीच छलफल जारी छ । चीन भ्रमणमा जाने बेलासम्म एक–दुई वटा सम्झौता तथा समझदारीपत्रको संख्या घटबढ हुनसक्छ ।”

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ५ गतेबाट सुरु हुनेछ । उनी अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते साँझ न्युयोर्क जाँदै छन् । उनले असोज ४ गते न्युयोर्कमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । असोज ५ गते प्रधानमन्त्री प्रचण्डको न्युयोर्कबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी हङकङ हुँदै बेइजिङ जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका