अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा, २८ भदौ । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । 

अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको छ । अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका

काठमाडौँ, १७ जेठ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद

काठमाडौँ, १७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार

काठमाडौँ, १७ जेठ । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि