लम्पी स्किन रोगबाट पीडीत किसानलाई राहत

भक्तपुर, २७ भदौ । भक्तपुर जिल्लाकै उत्कृष्ठ सहकारी मध्य एक युवा बचत तथा ऋण सहकारीले लम्पी स्किन रोगबाट पीडीत किसानलाई राहत दिने भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको छ । संस्थाको कार्यक्षेत्र सोही नगरका विभिन्न वडा रहेका छन् । युवा साकोसले रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिएका छन् ।

उनले भने “यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैसीको सो रोगबाट मृत्यु भएमा ३ हजारप्रति पशुको हिसावले राहात दिन्छौं ।” जसमा भैसी मरेमा ५ हजार र गाई मरेमा ३ हजार प्रदान गरिने छ । एक वर्ष उमेर भन्दा कमका बाच्छा/बाच्छी वा पाडा/पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने निर्णय गरेको बास्तोलाले बताए ।

संस्थाका सदस्यले यदि पशु चौपाय खरिद गर्न चाहेमा ५० हजार रुपैयाँ नगद ऋण सुविधा एक वर्षसम्म विना ब्याज दिने छ । त्यसको साबाको किस्ता भने तीन महिनापछिबाट फिर्ता गर्नु पर्ने संस्था नियम बनाएको छ । बास्तोलाका अनुसार सदस्यहरुले राहत लिन र निब्र्याजी रकम लिन चाहानेले संस्थाको नियममा रहेर लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्