३ अर्ब खर्चेर ३ लाखलाई गरिब परिचयपत्र

काठमाडौँ, २७ भदौ । सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७० सालदेखि सुरु गरिब घर परिवार पहिचान कार्यक्रमअन्तर्गत अहिलेसम्म ३ लाख १३ हजार ३ सय ३० परिवारलाई परिचय पत्र दिइएको हो । 

गरिब परिवारलाई परिचय पत्र दिएको सरकारले के, कस्ता सुविधा दिने भन्ने निर्णय भने गरेको छैन । गरिब पहिचान र परिचय पत्र वितरणमा राज्यले ठुलो लगानी गरेको छ तर गरिबी घटाउने र गरिबको दैनिकीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालनमा भने प्राथमिकता दिएको छैन । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत एक दशकदेखि गरिब घर परिवार पहिचान कार्यक्रम जारी छ । सरकारले गरिब परिवार पहिचानका लागि आर्थिक वर्ष २०७०/७१ मा गरिब घर परिवार सहयोग समन्वय बोर्ड गठन गरेको थियो। बोर्डले चार वर्ष लगाएर २६ जिल्लामा ३ लाख ९१ हजार गरिब परिवार पहिचान गर्‍यो । तर भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त तथ्याङ्क जाँच गर्दा ९० हजार मात्र गरिब परिवार भएको पाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २० मंसिर । बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । आज विहान