नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौँ, २६ भदौ । आज सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ । सोमबार नेप्से ४१ अंकले बढेको थियो ।

आज २७६ धितोपत्रका ३९ लाख १६ हजार १६१ कित्ता सेयर एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.६५ अंकले घटेर ३७९.१४ को विन्दुमा झरेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्डको मात्र समूहगत सूचक बढेको छ । १२ उपसमूहको समूहगत सूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्