सुवासजी हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली

काठमाडौँ, २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

आलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो । बाथरुममा बेहोस भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्