नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएँ: राष्ट्रपति पौडेल

काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले भनेका छन्, ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको छू । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछू ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि