सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भयो : मन्त्री श्रेष्ठ

काठमाडौँ, २५ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको बताएका छन् ।

आज ललितपुरमा ज्यापु समाज यलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जातीय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेकोले सचेत हुनुपर्नेमा जोड दिए । नेपाली समाजको मौलिक परम्परा बिगार्न खोज्ने षड्यन्त्रलाई सफल हुन नदिने उनले बताए ।
राजनीतिक परिवर्तनसँगै आधारभूत आवश्यकता पूरा होस् भन्ने जनताको आकांक्षा रहेको भन्दै गृहमन्त्री श्रेष्ठले यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्