तीन हजार अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौँ, २५ भदौ । अमेरिकी डलरसहित धादिङबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे थाक्रे गाउँपालिका–१, अमलेफाँटबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३८ वर्षीय सोमबहादुर योञ्जनलाई पक्राउ गरेको हो  ।

योञ्जन सो स्थानमा पैदल हिँडिरहेका थिए । शंका लागी चेकजाँच गर्दा उनको साथबाट अमेरिकी डलर तीन हजार ३०८ बरामद गरिएको थियो । उनीविरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा

काठमाडौँ, २० मंसिर । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको

काठमाडौँ, २० मंसिर । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।