नेप्से परिसूचक १० अंकले बढ्यो

काठमाडौँ, २४ भदौ । नेप्से परिसूचक आज १०.२३ अंकले बढेर बन्द भएको छ ।

नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । गएको बिहीबार नेप्से २८.९२ अंकले घटेको थियो । आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ ।

यस दिन एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ । २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद–बिक्री भएको छ । सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ अर्थात् १० प्रतिशतले वृद्धि भएको हो । यसको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्