कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

काठमाडौँ, २४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने बताएका छन् ।

इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आज नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै सो कुरा बताएका हुन् ।

गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन्  । मन्त्री बस्नेतले भने– ‘यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु । समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ । मैले कारबाही नै गर्नुपर्छ भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्