स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

गाईघाट, २४ भदौ । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख बस्नेतले बताए । त्रियुगा नगरपालिकासहित संस्थागत सामाजिक दायित्व कार्यक्रमअन्तर्गत जनरल इन्स्योरेन्स कम्पनीको रु १५ लाख, माछापुछ्रे र बैंक, सानिमा बैंकको रु पाँच लाख र त्रियुगाको रु पाँच लाखमा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । 

त्रियुगाका १६ वडामध्ये अहिलेसम्म दुर्गम पहाडी भेगका वडामा एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजान परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सो अन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको लक्ष्य छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ