राष्ट्रिय युवा संघ कोशीको अध्यक्षमा गुरुङ निर्वाचित : को-को भए पदाधिकारी ?

धरान, २४ भदौ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशनले अरुण गुरुङको अध्यक्षतामा ८९ जनाको कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

धरानमा भदौ २३ र २४ गते आयोजना गरिएको प्रदेश अधिवेशनले गुरुङको अध्यक्षतामा ८९ कमिटी चयन गर्दै सम्पन्न भएको छ । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा संघका इन्चार्ज महेश बस्नेतको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा भानुभक्त ढकाल, शेरधन राई, यज्ञ सुनुवार, संघका कार्यवहाक अध्यक्ष पुष्प श्रेष्ठलगायतको आतथ्यिता रहेको थियो ।

अध्यक्ष गुरुङसहित नवनिर्वाचित कमिटीको उपाध्यक्षमा जयप्रकास सायमाझी, सचिवमा विनोद राना, सहसचिवमा निराजमान सिंह बस्नेत,शरण फागो, कोषध्यक्षमा दिपेन्द्र घिसिङ तामाङ निर्वाचित हुनुभएको छ । त्यस्तै प्रवक्तामा मनोज राय, युथ फ्रोस प्रमुखमा राजन बानियाँ, साइबर सर्कल प्रमुखमा सागर पोखरेल, विज्ञ युवा परिषदमा दिनेश खड्का, महिला विभाग प्रमुखमा पार्वती तामाङ, संगठन विभाग प्रमुखमा आनन्द राई निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा

काठमाडौँ, २० मंसिर । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको

काठमाडौँ, २० मंसिर । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।