आजको मौसम

काठमाडौँ, २४ भदौ । नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा  चट्याङ्ग सहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।   

त्यस्तै आज राति भने  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।साथै लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको महाशाखाले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि