साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ : अध्यक्ष ओली

भक्तपुर, २३ भदौ । रमेश गिरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाती एकै ठाउँमा बसेर सामुहिक रुपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वहरुदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनु भएको छ ।

आज अखिल नेपाल महिला संघ मध्यपुरथिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाती, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाडवाडका नाममा सदियौंदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनु भएको हो ।

“यस्ता चाँडबाड मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्नेहरु सलबलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातीका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।”

सबै जातजाती एकै ठाउँ बसेको मन नपराउनेहरु, झगडा गराएर मारामार गर्न गराउन खोज्नेहरु एकता विरोधीहरुसँग सचेत हुदै यस्ता साझा चाडपर्वहरु उत्सवको रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले आफैले आफ्नो खुसी ल्याउनुपर्छ, अरुसँग खुसी सापटी खाजेर पाइदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैले ल्याउनु पर्छ, हाम्रो खुसी अरुले ल्याउँदैन, हामी सबैले चाह्यौं भने हाम्रो खुसी आफै ल्याउन सक्छौँ ।” मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण हो भन्दै उहाँले खुसी देख्न नसक्नेहरुसँग सचेत हुदै सबै खुसीले मुस्कुराउने अबस्था ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ मध्यपुरथिमी नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाती एकै ठाउँमा बसेर रमाउदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । आज विहान

काठमाडौँ, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेलको सेयर बिक्रीका विषयमा खुला छलफल गर्न चुनौती दिएका

काठमाडौँ, २० मंसिर । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६