छ जना जुवाडे पक्राउ

काठमाडौँ, २३ भदौ । काठमाडौँबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् । काठमाडौँ कोटेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २९ वर्षीय जीवन खड्का समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । आज विहान

काठमाडौँ, २० मंसिर । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६

गलकोट, २० मंसिर  । नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको