घट्यो गोलभेँडाको मूल्य

काठमाडौँ, २३ भदौ । आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले गोलभेँडाको भाउ प्रतिकिलो ४५ रुपैयाँ तोकेको छ । समितिले आज तरकारी तथा फलफूलको बजार भाउ तोक्दै भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम भएको जनाएको हो ।

यस्तै, आज सानो लोकल गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा टनेल प्रतिकिलो ४९ रुपैयाँ छ । यस्तै, रातो आलुको थोक मूल्य ५७ रुपैयाँ र मुडेको आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको मूल्य समेत घट्न थालेको छ । 

यसअघि, प्रतिकिलो ७३ रुपैयाँमा कारोबार भइरहेको भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ७१ रुपैयाँमा आइपुगेको छ । लोकल गाँजरको मूल्य प्रतिकिलो ८६ रुपैयाँ छ भने बन्दाको मूल्य प्रतिकिलो ७६ र स्थानीय काउलीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, २० मंसिर । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको