काठमाडौँ, २३ भदौ । काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर जरिवाना तिराएको छ ।
विभिन्न पदमा रोजगारको अवसर उल्लेख भएको पर्चाको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर महानगरले जरिवाना तिराएको हो ।
नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईं र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।