पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान

पोखरा, २३ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

आज भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल भुटानको एयरबस ए ३१९ जहाजले उडान गरेको हो ।

उक्त विमान आज बिहान ६ः३९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । विमान ८ः५  बजे फर्किएको छ । विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको हो । 

यसअघि गत असार ६ मा चीनको सिचुवानबाट विमान पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्