भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै निगम

काठमाडौँ, १० भदौ । नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ ।

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्न लागेको हो । हाल निगमले मलेसिया-भैरहवा उडान गर्दै आइरहेको छ । निगमले प्रत्येक मंगलबार भैरहवाबाट हङकङ र दिल्ली उडान गर्नेछ ।

निगमले हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । उक्त उडान भदौ १२ गतेदेखि उडान सुरु हुनेछ । मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट उडेको जहाज काठमाडौँमा ९ बजे अवतरण हुनेछ । अहिले निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा उडान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले