दावासँग ‘सम्बन्ध’ रहेका नेपाली खोज्न सिआइबीको अरुचि

काठमाडौँ, १० भदौ । राजश्व अनुसन्धान विभागले गत २१ साउनमा सुन तस्करीको छानबीन र अनुसन्धान गर्ने जिम्मेबारी सिआइबीलाई सुम्पिए पनि त्यसयता यो तस्करीमा संलग्नहरुको थप जालो पत्ता लगाउनेतर्फ सिआइबीको भुमिका निकै सुस्त देखिएको छ ।

सिआइबीले अनुसन्धान गर्ने जिम्मेवारी पाएको २० दिन पुगिसक्दा समेत उसको अनुसन्धानको सूई सुन तस्करीमा पक्राउ परेको चिनियामूलक बेल्जियम नागरिक दावा छिरिङभन्दा माथि पुग्न सकेको छैन । दावासँग ‘सम्बन्ध’ देखिएका नेपाली नागरिकलाई छानबीन गर्नेतर्फ सिआइबीको रुचि नदेखिएको स्रोतको दावी छ ।स्रोतका अनुसार राजनीतिक दबाव र प्रभावका कारण सिआइबीलाई सुन तस्करी प्रकरणको छानबीनलाई गति दिन कठिन भइरहेको छ । यही माथिको दवाब र प्रभावका कारण सिआइबीले दावाको कल डिटेल्स र इलेक्ट्रिक डिभाइसका बारेमा सूक्ष्म अनुसन्धान गरि दावासँग सम्बन्ध देखिएका नेपालीहरुको बारेमा छानबीन गर्न कुनै रुचि नदेखाएको स्रोतको दावी छ ।

स्रोतका अनुसार चिनियाँ, भारतीय र नेपाली गरि तीनवटा समूहसँग दावाको सम्बन्ध देखिए पनि सिआइबीको अनुसन्धानको तारो भने चिनियाँ समूहमा मात्रै सिमित भएको देखिएको छ । सिआइबीले राजश्व अनुसन्धान विभागबाट छानबीनको जिम्मेवारी पाएको २० दिनको अवधिमा ६ जना चिनियाँलाई मात्रै पक्राउ गरेको छ । तर दावासँग नियमित कनेक्सनमा रहेका र उनको सम्पर्कमा रहेका अन्य नेपालीलाई सिआइबीले केहि गर्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल

काठमाडौँ, ७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले

काठमाडौँ, ७ असोज ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु