गण्डकी प्रदेश जसपाले तोक्यो विभागीय जिम्मेवारी

कास्की, ९ भदौ । जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ ।

शुक्रबार पोखरामा बसेको प्रदेश समितिको बैठकले विभागको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार संगठन विभागकोे प्रमुखमा गोपाल गुरुङ, संघीय मामिला तथा स्थानीय तह विभागको प्रमुखमा मधुकर न्यौपाने, महिला विभागको प्रमुखमा निशा गुरुङ, सूचना, सञ्चार तथा विज्ञान प्रविधि विभागमा चन्द्र तामाङलाई तोकिएको छ । 

महिला विभागको इन्चार्जमा मिमा गुरुङ, युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा राम तामाङ, शिक्षा विभागमा रमेश नेपाली, आर्थिक विभागमा तेजबहादुर थापा मगरलाई जिम्मेवारी प्रदान गरिएको छ । बैठकले तिलबहादुर गुरुङ र रेश गुरुङ रहेको कार्यालय समितिसमेत गठन गरेको  छ । प्रदेश समितिको सल्लाहकार समितिको अध्यक्षमा धर्मराज गुरुङल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ