धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको छ : शेखर कोइराला 

विराटनगर, ९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा कोइरालाले सद्भाव बिग्रिने अवस्था बनेको धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको बताए । उनले भने, “संविधानमा केही कुरा लेखिएका छन् धर्मबारे पनि । सद्भाव खल्बल्याउने काम स्वीकार्य हुँदैन ।” उनले सञ्चारकर्मी नै कठिन अवस्थामा पुगेको बताए ।‌ पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । सामाजिक सञ्जालको दबाबमा मिडिया रहेको उनले बताए । 

“अब मिडिया कसरी परिवर्तन हुने भन्ने कुरा महत्वपूर्ण देखिएको छ,” उनले भने, “मिडियाकर्मी जहिले पनि स्वतन्त्र भएर काम गर्नुपर्छ । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्छ ।” पत्रकारले नेता वा राजनीतिक समूहको पक्षपोषण गर्न नहुने उनको धारणा छ । “अहिले देशको राजनीति कता गएकोभन्दा पनि अफ्ठ्यारो परिस्थितिमा रहेकोमा चिन्ता लाग्छ । सामाजिक, राजनीतिक र आर्थिक अवस्था सकारात्मक देखिएको छैन,” उनले भने । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोल्नु कति उचित थियो भन्ने प्रश्न गर्दै कोइरालाले यसले अफ्ठ्यारो परिस्थिति आउने बताए । अमेरिकी अध्ययनले नेपालमा बाह्य लगानीको प्रशस्त सम्भावना देखाएको भन्दै उनले भने, “सरकार अस्थिर र बोझिलो कर्मचारीतन्त्रलगायत कारण लगानी गर्ने मानिस हतोत्साहित हुन्छन् ।” 

नेताहरुले बोलेको कुरामा विश्वास घट्दै गएको भन्दै कोइरालाले भ्रष्टाचारमा संलग्नलाई दण्डित नगरे विश्वास नबढ्ने बताए । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्ने कोइरालाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज