मधेसमा झन्झन् बढ्दो महिला हिंसा

काठमाडौँ, ९ भदौ । कुनै पनि लैंगिक हिंसा पुरुषमा भन्दा महिलामा त बढी पाइएको छ नै, त्यसमा पनि मधेसी समुदायका महिला बढी नै हिंसामा परेको पछिल्लो राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०२२ ले औंल्याएको छ।

सर्वेक्षणअनुसार मधेसी समुदायमा १५ वर्षको उमेरदेखि नै बालिकाहरू हिंसामा पर्ने गरेका छन्। १५ देखि ४९ वर्षभित्रका महिलामा सर्वेक्षण गर्दा यो तथ्यांक निस्किएको हो।सर्वेक्षणअनुसार उनीहरूलाई बढी हिंसा गर्नेमा आफ्नै पति या जोडी रहेका छन्। सन् २०१६ मा लैंगिक हिंसामा पर्ने महिलाको संख्या ३४.२ प्रतिशत थियो भने सन् २०२२ मा यो संख्या ३६.५ प्रतिशतमा पुगेको छ।

नेपालमा लैंगिक हिंसाविरुद्ध चलेका अभियानको प्रभाव पर्ने हो भने लैंगिक हिंसा घट्नुपर्नेमा उल्टै २ प्रतिशतले बढेको तथ्यांकले औंल्याएको छ। मधेस प्रदेशमा भएका हिंसामध्ये यौनजन्य २७ प्रतिशत, यौनहिंसा ७ प्रतिशत, शारीरिक हिंसा २३ प्रतिशत र मानसिक हिंसा १३ प्रतिशत भएको तथ्यांकले औंल्याएको छ।

लैंगिक विषयमा अनुसन्धान गरिरहेकी विद्यार्थी रन्जु यादव मधेसमा महिलामाथिको हिंसा घट्नुको सट्टा हिंसाले स्वरूप नै परिवर्तन गरेको बताउँछिन्। उनका अनुसार पहिला दाइजोको नाममा हिंसा हुन्थ्यो भने अहिले दाइजो नलिने तर मेहन्दी, हल्दीजस्ता कार्यक्रमको नाममा दाइजोको प्रतिस्थापन हुने गरी खर्च गराउने चलन बढेको छ ।

घरेलु हिंसा, यौनहिंसा, डिजिटल हिंसा बढी भइरहेको यादव बताउँछिन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ ।

काठमाडौँ, ८ असोज । आज २०८० साल असोज ८ गते सोमबारको राशिफल । मेषः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग

सिरहा, ७ असोज । सिरहाको सिरहा नगरपालिका–२२, सागरपुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा