काठमाडौँ, ८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।
आज राष्ट्रपति निवासमा पुगेर गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई हालको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका हुन् ।
शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले हालको आर्थिक अवस्थाको बारेमा चासो देखाएका थिए । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग राष्ट्रपति पौडेलले भेट गरेका थिए । त्यसको लगतै उनले गभर्नरसँग भेट गरेका हुन् ।