काठमाडौँ, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा ‘तेस्रो जनआन्दोलन’ गर्ने घोषणा गरेका छन् ।
राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठकमा आफ्नो राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ‘तेस्रो जनआन्दोलन’ गर्ने घोषणा गरेका हुन्।
गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जानेसमेत उनले कार्यपत्रमा लेखेका छन् । ‘नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको निम्ति नेपाली जनताद्वारा, नेपाली जनताको निम्ति नेपाली जनताको आन्दोलन नै तेस्रो जनआन्दोलन हो,’ उनले अर्थ्याएका छन् ।
थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् ।