सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन निर्देशिका ल्याइँदै

काठमाडौँ, ८ भदौ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले त्यससम्बन्धी निर्देशिका बनाउने गृहकार्य शुरू भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई शिष्ट, मर्यादित बनाउँदै सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘समाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र नियमन गर्ने सम्बन्धी निर्देशिका २०८०’ बनाउने गृहकार्य थालेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सचिव कृष्णबहादुर राउतको विशेष पहलमा सो निर्देशिका बनाउने कार्य थालिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रालयले प्रवक्ता सुवेदीकै संयोजकत्वमा निर्देशिका मस्यौदा समिति बनाएर काम शुरू गरेको छ । समितिमा सञ्चारसम्बद्ध निकायका विज्ञ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार, गृह र कानुन मन्त्रालयका प्रतिनिधिसमेत समावेश छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका