सुन ल्याउने चिनियाँ, कचौरा र अम्खोरा बनाउने को ?

काठमाडौँ, ८ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा चिनियाँ गिरोह संलग्न रहेको यकिन गरेको छ।

तर नेपालबाट भारत लगिएको सुन किन्ने समूहबारे भने अझै अन्योल कायम रहेको बताइएको छ। अनुसन्धानका लागि पक्राउ परेका चिनियाँहरू नै सुन तस्करीमा रहेको यकिन गरेको सिआइबीले भारततर्फ सुन जाने निष्कर्षमा निकाले पनि किन्ने समूहबारे भने यकिन गर्न सकेको छैन ।‘सुन ल्याउने समूह पहिचान भएको छ, त्यसमा चिनियाँ नै संलग्न छन् भन्ने यकिन गरेका छौं। सुन भारततर्फ जान्छ भन्नेमा पनि यकिन भएको छ तर त्यो कुन समूहले किन्छ, भारतीय व्यापारी कति संलग्न छन् भन्नेबारे अझै खुल्न सकेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

सिआइबीले सुन तस्करीबारे एसपी सञ्जय थापाको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। त्यसको अनुगमन डिआइजी यज्ञविनोद पोखरेलले गरिरहेका छन्। छुट्टै कार्यालय खोलेर अनुसन्धान गरिरहेको सिआइबीले अझै दक्ष जनशक्ति आवश्यक रहेको भन्दै केही प्रहरी अधिकारीलाई सिआइबीमा ल्याउन खोजेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ