काठमाडौँ, ७ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पछिल्लो समय देशभर फैलिएको पशुसम्बन्धी रोगलाई मध्यनजर गरेर सरकारले १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना बताएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री भुसालले भने, “१६१ स्थानीय तहमा पशुरोग प्रयोगशाला स्थापनाका लागि आवश्यक रकम विनियोजन गरिएको छ । १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना पनि बनाएको छ,” “देशैभरी खोप उत्पादन गर्ने योजना बनाएको छ । त्यसका लागि आवश्यक सिट भाइरस र प्रविधि छिमेकी मुलुकहरूबाट लिनुपर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको छ ।”