१३ जना जुवाडे पक्राउ

सुर्खेत, ७ भदौ । सुर्खेतमा नगद २ लाख १९ हजार ९ सयसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हो । 

पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिका–७ बस्ने दिनेश हमाल, दुल्लु– १३ को जगत भण्डारी, वडा–६ का थिर बहादुर खड्का, शेर बहादुर खड्का, सन्तोष थापा, वडा नम्बर–८ का लक्ष्मण सिंह, अमृत सिंह रहेका छन् । यस्तै दैलेखकै डुङगेश्वर गाउँपालिका–२ को नेत्र विष्ट, भैरवी गाउँपालिका–५ का रत्न बहादुर थापा रहेका छन् ।

यस्तै वीरेन्द्रनगर वडा नम्बर ४ बस्ने  जनक बहादुर सुनार, ३ का ओम खड्का, वडा नम्बर ६ का सरोज बराल र वडा नम्बर ४ का हर्क थापा रहेका छन् । उनीहरुको साथबाट रकमसहित ५ गड्डी तास, १५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ