कुखुराको खोरमा पसेको चितुवा जंगलतर्फ भाग्यो

काठमाडौँ, ७ भदौ । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेको छ ।

कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित रसुवाका पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा बिहीबार बिहान पसेको चितुवा भागेको हो ।

चितुवाको आक्रमणबाट तामाङ घाइते भएका छन् । चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्तको टोलीले वन कार्यालयलाई खबर गरेको थियो । त्यसपछि वन कार्यालयको टोली पनि त्यहाँ पुगेको थियो । तर, टोलीले चितुवालाई नियन्त्रणमा लिन सकेन ।

चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भागेको थानकोट प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका