कोशी प्रदेश : बजेट अध्यादेश ल्याउन प्रदेश सभा अधिवेशन अन्त्य

विराटनगर, ७ भदौ । तत्कालीन एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे कुनै छिनोफानो नगरी कोशी प्रदेश सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको छ । 

अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारी स्वरुप सरकारले प्रदेश सभा  अधिवेशन अन्त्य गरेको हो ।  प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्य विपक्षी एमाले र राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिन नै सरकारले अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी गरेको हो । सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने बेलामा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको विरोधमा बुधबार एमाले र राप्रपाले प्रदेश सभा बैठक बहिष्कार गरेका थिए ।

अध्यादेशमार्फत अर्को बजेट ल्याउन प्रदेश सभा अधिवेशन अन्त्य गरेको थापा नेतृत्वको सरकारविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिटमाथि बिहीबार नै पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका