तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बारा, ७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको दुर्घटना भएको हो ।

बस दुर्घटनामा मृत्यु हने ६ भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय