मनसुनजन्य विपत्तीबाट ७२ को मृत्यु, ९ अर्ब २९ करोडको क्षति

काठमाडौँ, ७ भदौ । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उनले बताए । खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ । 

चट्याङ्ले सबैभन्दा बढी घाइते भएका छन् । यसबाट ४३ जना घाइते भएको देखिएको छ । पहिरोबाट ४० जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते भएका छन् । भारी बर्षाका कारण १२ जना घाइते भएका छन् । सबैभन्दा बढी बाढीबाट बेपत्ता भएका छन् । बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट नौ बेपत्ता छन् । नेपालमा मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यहाँ धेरै क्षति भएको छ । उनले भने, ‘‘यसपालिको मनसुनको दुई महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ । बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ ।’’ यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ