धनगढी, ६ भदौ । सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । गौरा पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोक पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन ५ प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेको छ ।