संसद नचल्नुमा सत्ता र प्रतिपक्षी दुवै दोषी हुन्: शेखर कोइराला

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले संसद नचल्नुमा सत्ता र प्रतिपक्षी दुवै दोषी रहेको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदको गतिरोध अन्त्य गर्न सरकार र प्रतिपक्षीबीच कुराकानी हुनुपर्ने बताए । ‘सदन खुलाउन सरकार र प्रतिपक्षीबीच कुराकानी हुनुपर्दछ,’ उनले भने, ‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ। संसद नचल्नुमा सत्ता र प्रतिपक्ष दुवै दोषी हुन् ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालगायतले पनि संसदको गतिरोध अन्त्य गर्न पहल गरिरहेको बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि सदन अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सोधखोज गरेका छन् ।

काठमाडौँ, २५ असार । सत्तारुढ दल नेकपा एमाले सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको

काठमाडौँ, २५ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा